दफा १५
ब्याज र मुनाफा दिने
(१) कर्मचारीको नाममा जम्मा भएको रकममा कोषले उपदफा (२) बमोजिम समय समयमा निर्धारण गरेको दरले ब्याज दिनेछ । (२) कोषले ब्याजको दर निर्धारण गर्दा आफू जिम्मा रहेको कूल रकम, त्यस मध्येबाट भएको लगानीको कूल रकम, त्यसबाट प्राप्त हुने लाभांश वा ब्याजको कूल रकम र प्रशासनिक खर्च समेतलाई ध्यानमा राखि औचित्यको आधारमा गर्नेछ । (३) ……………….. (४) प्रत्येक आर्थिक साल तमामको दिन कोषको पूँजी र दायित्व बजार भाउले मूल्याकंन गर्दा वार्षिक ३ प्रतिशत ब्याज दिन नपुग्ने भएमा त्यस्तो ब्याज दिन नपुग रकम जति नेपाल सरकारको संचित कोष प्रति ब्यय भार हुनेछ । (५) जुनसुकै कारणले कर्मचारीको सेवा टुटे पनि निजको नाममा कोषमा संचित रहेको रकम कोषबाट नझिकेसम्म कोषले सो रकममा ब्याज दिनेछ । (६) कोषको लेखा परिक्षण भई सकेको वार्षिक हिसाबमा मुनाफा रहेको रकमबाट दफा २५ बमोजिम रकम छुट्याई बाँकी रहेको मुनाफा रकमलाई मुनाफा निर्धारण भएको आर्थिक वर्षको शुरूसम्ममा संचयकर्ताको नाममा जम्मा रहेको रकममा समितिले तोकेको दर र प्रक्रिया बमोजिम संचयकर्ताहरूमा मुनाफा बाँडफाँड गरी निश्चित भएको रकम निजहरूको खातामा जम्मा गरिनेछ । (७) ………….